बाजुरामा कांग्रेस-एमालेका कार्यबर्ताबीच झडप


बाजुरा। बाजुरामा कांग्रेस एमालेका कार्यबर्ताबीच झडप भएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिका १ काँडाको मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको प्रहरीेले जनाएको छ।

झडपका कारण मतदान केन्द्र भताभुंग भएको छ। बिहान पौने ९ बजे झडपपछि त्यहाँ मतदान स्थगित गरिएको छ।जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि एमालेबाट कर्णबहादुर थापा, नेपाली काँग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी, स्वतन्त्र बाट राजन पाण्डे र टेकबहादुर बढुवाल, तथा जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ