कैलाली ५ ‘ख’ मा मेरो जित सुनिश्चित छ : देउवा


कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्य उम्मेदवार प्रकाश वहादुर देउवाले गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । बुधबार धनगढीमा युवाहरुसंग भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘धनगढीमा काँग्रेस त्यसै पनि बलियो भएको क्षेत्र हो’, उनले भने । ‘त्यसमाथि अहिले त पाँच दलीय गठबन्धन रहेको छ । जित सुनिश्चित छ ।’

मंसिर ४ गते हुने निर्वाचन मोहोल राम्रो भएको बताउँदै उनले धनगढीका सम्पूर्ण मतदाताहरुलाई आफ्नो मत जित्ने उम्मेदवारहरुलाई दिन आग्रह गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ