प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – गोपनियता भंग गरे मतपत्र गणना हुँदैन


काठमाडौ :  निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेका हुन्।

उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसविपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनियता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ