अन्तै चुनाव लड्न गए पनि मेरो घर चितवन नै हो : प्रचण्ड


चितवन ।२६ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनावमा गोरखा गए पनि चितवनमा सुरु भएका विकास योजना पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

सत्तारुढ गठबन्धनले शनिबार भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवन नै भएको स्मरण गराए ।

‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो, यहाँको विकास निर्माणमा मेरो सहयोग चासो चिन्ता जारी रहन्छ’ उनले भने, ‘जे पूर्वाधार सुरु भएका छन् । त्यसलाई पूरा गर्न म हमेसा लागिरहन्छु ।’

उनले गोरखा जानुको अर्थ चितवन छोडेको रुपमा नबुझ्न पनि आग्रह गरे । ‘चितवनसँगको सम्बन्ध रहिरहनेछ, हिजो पनि थियो, भोलि पनि रहनेछ’ प्रचण्डले भने । उनले सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न पनि आग्रह गरे ।

प्रचण्डले चितवन–३ मा राम्रो उत्तराधिकारी पाएकामा आफू खुशी रहेको पनि बताए । त्यस क्षेत्रबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । ‘उहाँ सामाजिक सेवामा पहिचान बनाइसकेको, कसैको आँखामा हालेपनि नबिझाउने खालको । निकै नजिकबाट दुख कष्ट देखेर आएको मान्छे हुनुहुन्छ, मलाई बडो आत्मसन्तुष्टि भएको छ’ प्रचण्डले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ