बझाङको साइपालबाट मतपेटिका ल्याउन हेलिकप्टर माग


बझाङ। बझाङको साइपाल गाउँपालिकाबाट मतपेटिका ल्याउन हेलिकप्टर माग गरिएको छ। जिल्ला निर्वाचन ब्यवस्थापन समितिको बैठकले मतदानपछि मतपेटिका सङ्कलनका लागि हेलिकप्टरको माग गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

साइपाल गाउँपालिकाको पाँच वटा मतदान केन्द्रबाट मतपेटिका ल्याउन समस्या हुने भएकाले हेलिकप्टरको माग गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।“सडक सञ्जालले साइपाल जोडिएको छैन”, उहाँले भन्नुभयो,“त्यहाँबाट बोकाएर ल्याउन कम्तीमा तीन दिन लाग्छ, मतगणना पनि ढिलो हुने भएकाले तत्काल हेलिकप्टरबाट ल्याउने व्यवस्था गरिदिन भनेका छौँ ।” मतपेटिका सङ्कलनलाई हेलिकप्टर माग गरिएको र निर्णय आउन भने बाँकी रहेको उहाँले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ