चुनावपछि पनि गठबन्धनकै सरकार बन्छ : महासचिव गुरुङ


लमजुङ – नेकपा (माओवादी केन्द्र)का महासचिव एवं लमजुङ प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् ।

लमजुङ दूधपोखरी गाउँपालिका-६ गौँडामा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उनले मुलुकको आवश्यकता र विकासका लागि गठबन्धनको सरकारले निरन्तरता पाउनुपर्ने बताए।

प्रतिगामीलाई परास्त गर्दै विकासका लागि गठबन्धनले जित्नुपर्ने उहाँको भनाइ छ । “प्रदेशदेखि सङ्घसम्मै गठबन्धनकै सरकार कायम रहन्छ । कुनै शङ्का नगरी गठबन्धनलाई सबैले सहयोग गर्नुपर्छ”, उनले भने।

खानेपानी, सडक, यातयात, रोजगार लगायतका समस्या समाधानका लागि आफू जनतासँगै साथमा रहने बताए । लमजुङका जनता र जिल्लाको विकासका लागि आफू मनाङदेखि आएको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ