बझाङमा अरिङ्गालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु


बझाङ। बझाङको थलारा गाउँपालिकाकामा ७ वर्षीय बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। बझाङको थलारा गाउँपालिका ८ बिस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांस जोशीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।

भाइटिका मान्न डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै गएका बालकलाई मंगलबार दिउँसो ३:३० बजेको समयमा मामाघर नजिकै अरिङ्गालले टोकेको थियो।अरिङ्गालले टोकेपछि घाईते भएका बालकलाई उपचारका लागि स्वास्थ्य संस्थामा उपचारपछि (मामा) घर फर्काइएको उनका आफन्तले बताए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ