धनगढीमा सडक विस्तार गर्न उपमहानगरले चलायो संरचनामाथि डोजर


धनगढी। धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ। कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा संरचनामाथि डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ।उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै सडक क्षेत्र खाली गर्न भनेको थियो।

सोही अनुरूप आजदेखि सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको हो । सेती प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको प्रदेश स्वास्थ्य कार्यालय, रक्तसञ्चार केन्द्र लगायतका संरचनामा डोजर चलाइएको हो। उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले बताएको छ । ‘भदौमा सडक क्षेत्राधिकार खाली गर्नका लागि ४५ दिने सूचना जारी गरेको हो।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ