तत्कालिन नेकपाको जनमतलाई ओलीले आफ्नो दाइजो ठाने : भुसाल


रुपन्देही : नेकपा एमाले परित्याग गरी रुपन्देही १ मा सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले तत्कालिन नेकपाको अध्यक्ष र प्रधानमन्त्री हुँदा प्राप्त जनमतको अपमान गरेको टिप्पणी गरेका छन् । नेता भुसालले भने, ‘दुई तिहाई जनताको जनमतलाई केपी ओलीले आफूले प्राप्त गरेको दाइजो ठाने ।’ ओलीले प्राप्त जनमतलाई दाइजो जस्तो नठानेको भए नेकपा विभाजन नहुने तर्क गरे । नेकपा जस्तो विशाल पार्टीलाई ध्वस्त पार्ने काम ओलीले नै गरेको उनको भनाइ छ ।

रुपन्देहीको रोहिणीमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता भुसालले ओलीमा राणाहरुको जस्तो दम्भ भएको बताए । भुसालले भने, ‘ओलीमा राणाहरुको जस्तै दम्भ छ, त्यही दम्भले नै एमालेका कैयौं निष्ठावान नेताको भविष्य खाइदियो ।’ निष्ठावान नेताहरुलाई ओलीले चुनावमा टिकट समेत नदिएको प्रति संकेत गर्दै ओलीको एकल निर्णयले पार्टीमा विधि र नीति कायम गरेका नेताहरुलाई पाखा लगाएको भुसालले तर्क गरे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ