नवौं खेलकुदको उद्घाटन राष्ट्रपती भण्डारीले गर्ने


काठमाण्डु- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपती भण्डारीले स्विकार गरेकी हुन् ।

मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री अथकले राष्ट्रपती भण्डारीलाई औपचारीक निमन्त्रणा पत्र समेत प्रदान गरेका थिए ।
असोज २८ गतेदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भईसकेको छ ।

यस्तै कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौंको राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन् । प्रतियोगिताका लागि सोमबारसम्म करिव ५५ सय खेलाडीहरुको नाम दर्ता भईसकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ