निशुल्क आयुर्बेद स्वास्थ्य शिविर सञ्चालन हुदैँ


धनगढीः सुदूरपश्चिम प्रादेशिक आयुर्वेक चिकित्सालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। प्रदेश सरकार अन्तर्गत रहेको चिकित्सालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो। चिकित्सालयकै आयोजनामा उक्त शिविर सञ्चालन हुन लागेको छ। असोज ११ गतेदेखि १४ गतेसम्म उक्त शिविर सञ्चालन हुने चिकित्सालयका निमित्त निर्देशक डाक्टर खगेन्द्रबहादुर बमले बताए ।

शिविरमा बिरामी चेकजाँच, वाथ रोग, ग्यास्ट्रिक, कलेजो सम्बन्धी रोगहरु, जण्डिस, उदर, पेट सम्बन्धी रोग, स्त्री रोग, उच्च रक्तचाप, मधुमेह, छाला सम्बन्धी रोग पिसाब सम्बन्धी रोग, पाइल्स, फिष्टुला लगायतको निःशुल्क उपचार तथा परामर्श दिइने बमले वताए । यस्तै ल्याब, निःशुल्क औषधी वितरण तथा योग परामर्श सेवा पनि उक्त शिविरमा उपलब्ध हुने निमित्त निर्देशक डाक्टर बमले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ