बाजुराको हिमाली गाउँपालिकामा तिन महिना देखी चामल अभाब


बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको छ । सरकारले ढुवानी अनुदानको चामल ढुवानी नगरेपछि असार महिना देखी डिपोमा चामल नहुँदा खाद्यन्न संकट भएको हो । हिमाली गाँउपालिकाको ५ कवाडी अस्थाई डिपोमा असार देखी चामल ढुवानीको नगर्दा तिन महिना दिन देखी चरम खाद्य संकट भएको हिमाली गाँउपालिका ३ का धनलाल रोकायाले बताएका छन् ।

अनुदानको चामल ढुवानी नभएपछि हिमाली गाँउपालिका १, २, र ३ को बिच्छँया, ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो । डिपोमा चालम नपाउदा बजारको महँगो चामल खरिद गर्ने गरेका छन् । गत आर्थिक बर्षको चामल जेठमा सकिएको थियो । यो आर्थिक बर्षमा २५ सय कुन्टल चामल डिपोका लागि ढुवानी गर्ने भएपनि अहिले सम्म ठेक्का हुन नसकेको मार्तडी खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख मेखराज ओझाले बताए ।
डिपोमा चामल जाने कुनै ठेगाना नभएपछि दशै तिहार लगायतका चाडपर्व महँगोमा मनाउने भएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ