समानुपातिक सूची बनाउन माओवादीले बनायो कार्यदल


काठमाण्डु – नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार पार्न कार्यदल गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु गिरिराजमणि पोखरेल र वर्षमान पुन सदस्य रहेको कार्यदल बनाएको हो । सो कार्यदलले समानुपातिक सूची बनाएर भोली बिहान बस्ने बैठकमा पेश गर्ने सचिव गणेश साहले जानकारी दिए ।

आजको बैठकमा एक पटक समानुपातिक सांसद भइसकेकालाई दोहोर्याउने विषयमा पनि छलफल भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ