धनगढीमा एक घरको भकारीभित्र ८ लाख भारतीय रकम फेला


धनगढीमा एक घरको भकारीभित्र  ८ लाख भारतीय रकम फेला 

धनगढी- धनगढी उपमहानगरपालीका १८ बस्ने एक व्यक्तिको घरबाट ८ लाख स्रोत नखुलेको भारतीय रकम लुकाएर राखिएको अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोही वडाको फूलबारी क्षेत्रका ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको जनाएको छ । उक्त रकम भारतबाट चोरी गरि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनले घरको गहुँ राख्ने भकारीभित्र ८ लाख लुकाएर राखिएको अवस्थामा फेला परेको कैलाली प्रहरीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनी केहीदिन अघि भारतको मुम्बईबाट नेपाल फर्किको बताइएको छ । तर, ती व्यक्ति भने पक्राउ नपरेको उनले बताए । विकको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ