थप २ सय ३ जनामा कोरोना पुष्टि


थप २ सय ३ जनामा कोरोना पुष्टिकाठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१ हजार ३ सय  पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७ सय ५९ एन्टिजेन परीक्षणमा १ सय १६ जना गरी २ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार २ सय ३२ रहेको मन्त्रालयले बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ