के यसपटक न्याय गर्ला कांग्रेसले जाेशिलाइ ?


धनगढी – नेपाली कांग्रेसको राजनितीमा अझै पनि यस्ता आर्दश र नैतिकवान नेताहरु छन् उहाँलाइ पाटीले उचित न्याय नगर्दा पनि कांग्रेस भित्र ईमान, नैतिकता र निष्ठा जोगाई राख्नका लागी आफु बलिको बोका हुन् तयार छन् । महामानब बिपि कोईराला देखी गणेशमान ,किसुन जी हुँदै शुसिल कोईराला र शैलाजाहरु मात्र थिएनन् । पछिल्लो समयमा निष्ठा , ईमान र बिचारको राजनितीको बिजारोपण हुनु पर्छ भनेर आफ्नो बिचारलाई जिवन्त राख्नका लागी पद , पैसा , प्रतिष्ठा र सत्ताको लोभको लोलुप्ता मात्र नभई आफ्नो ईमान , बिचार र निष्ठालाई पार्टीका सबै कार्यक्रर्ताहरुले अनुसरण गर्ने सन्देश दिने आर्दशवान समाजबादी नेता नेता प्रदिप गिरिहरु पनि थिए । जसको बिचारले नेपाली कांग्रेस जिवन्त छ । पछिल्लो पुस्तामा पनि यस्ता आर्दवान पात्रहरु धेरै छन् । जो पार्टीको सिद्धान्त, बिचार , नितीलाई मात्र पनि प्राथमिकतामा राखी आफु अझै पनि पार्टी नेतृत्वले गरेका सही हुन् या गलत हुन् पार्टीको निर्णयलाई नै आधिकारिक हो भन्दै ईमानपुर्वक मान्छन् र मान्न लगाउँन्छन् । ति मध्येका एक निष्ठावान नेता जगत प्रसाद जोशी हुन् ।

४३ बर्ष देखि नेपाली कांग्रेसको सकृय राजनितीमा लागेका नेता जोशी नेपालमा बुहदल स्थापना भई सके पछिका सात वटै निर्वाचनमा जिल्लाबाट सांसदका लागी सिफारिस नियमित हुँदै आएका छन् । पार्टी भित्रको चाकडीबाज , गुटबन्दी र चाप्लुसीको राजनिती नजानेका कारण नियमित रुपमा उहाँ पन्छिदै आउनुभएको छ । राजनितीलाई निष्ठा , ईमान र बिचारको हुनुपर्छ भन्ने आर्दशबादी सोच राख्दा राख्दै उहाँ पटक पटक जिल्लाबाट पहिलो नम्बरमा सिफारिस हुँदा पनि उहाँले टिकट पाउन सक्नु भएको छैन् । नेपालमा बहुदलका लागी भएको २०३५÷३६ सालको बिद्यार्थी आन्दोलनबाट नेबिसंघबाट राजनिती प्ररम्भ गर्नु भएका जोशी २०३६ सालमा नेबिसंघ बझाङको उपसभापती हुनुभएको थियो । त्यस यता भएका हरेक आन्दोलनमा बिद्यार्थी राजनिती रहेका जोशीले पटक पटक गरि २० पटक प्रहरी हिरासतमा समेत पर्नुभयो । बिभिन्न क्याम्पसमा पढ्दा समेत नेबिसंघको सकृय राजनितीमा रहेका उहाँ अब्बल र मेधाबी बिद्यार्थी समेत हुनुहुन्थो । २०४६ सालमा नेबिसंघको केन्द्रिय उपाध्यक्ष हुँदै कार्यबाहक अध्यक्ष समेत रहेका उहाँले २०४९ सालमा एमएस्सी पास गर्नु भयो । ईमानन्दार तथा पार्टी भित्रको चरम गुटबन्दीको निसानामा परेको जोशीको निस्ठाको राजनितीले अझै सम्म पनि काग्रेस भित्र ठाउँ पाउँन सकेको छैन् । बहुदलका पक्षमा बिभिन्न आन्दोलनको नेतृत्व गरि प्रहरी बन्दी हुँदै गर्दा उहाँका केही प्रतिस्पर्दी पन्चायतका भक्त , राजाका मलामी र गाउँका राजवार र मुखियाहरु संगै बहुदल हराउ भन्ने अभियानमा थिए । जोशीका सहपाटी तथा उहाँ भन्दा जुनियर नेता समेत मन्त्री भई सकेका छन् भने उहाँ अझै सम्म सांसदको टिकटको दौडमा सफल हुन सक्नु भएको छैन् ।

२०४८ सालमा प्रतिनिधी सभाका लागी जिल्लाबाट अर्जुनजङ बहादुर सिंह, जगत प्रसाद जोशी र चेतराज बजालको सिफारिस भएको थियो भने शेरबहादुर देउवा निकट रहेका अर्जुनजंङ बहादुर सिंहले टिकट पाउनुभएको थियो । त्यस्तै २०५१ सालको मध्यवती निर्वाचनमा समेत बझाङ क्षेत्र १ मा अर्जुनजंङ बहादुर सिंह, जगतप्रसाद जोशी र सत्यराज भण्डारीको नाम सिफरिस भएको थियो भने टिकट भने अर्जनजंङ बहादुर सिंहले पाउनु भएको थियो । त्यस्तै २०५६ सालको आम निर्वाचमा समेत अर्जुनजंङ बहादुर सिंह , चेतराज बजाल र जगत प्रसाद जोशीको सिफारिस भएको थियो । पछि टिकट भने अर्जुनजङ बहादुर सिंहले पाढउु भएको थियो । २०६४ सालको संबिधान सभाको निर्वाचनमा समेत अर्जुनजंङ बहादुर सिंह , चेतराज बजाल र जगत प्रसाद जोशीको सिफारिस भएको थियो भने टिकट भने फेरि पनि अर्जुनजंङ बहादुर सिंह पाउनुभयो । त्यसैगरि २०७० सालको संबिधान सभाको निर्वाचनमा समेत अर्जुनजंङ बहादुर सिंह , जगत प्रसाद जोशी र पृथ्बी बहादुर सिंहको सिफारिस भएको थियो भने यता जगत प्रसाद जोशीलाई पत्याउनका लागी समानुपातिको बन्द सुचीमा राखिए पनि पछि सांसद भने बनाएन । टिकट भने अर्जुनजंङ बहादुर सिंहले पाउनुभएको थियो । त्यसै गरि २०७४ सालको प्रदेश सभा सदस्यका लागी जगत प्रसाद जोशीको एक नम्बरमा सिफारिस भएको थियो भने प्रतिनिधी सभा सदस्यमा सिफारिस हुनु भएकी संबिधान सभा सदस्य चन्दा देबी जोशीलाई नेपाली कांग्रेसले प्रदेश सभा सदस्यको टिकट दिएको थियो ।
जोशीलाई पटक पटक पार्टीले अन्याय गर्दा पनि ईमान्दार पुर्वक नेपाली कांग्रेसका उम्मेदारवारलाई जिताउन सकृय भएर लाग्नु भएको थियो । ४८ देखि हाल सम्म पनि भएका सबै निर्वाचनमा सिफरिस हुनु भएका जोशी यस पटक पनि पार्टीको गुटबन्दीको सिकार हुन्छन् या टिकट पाउँन त्यो अहिले भन्न सकिने अबस्या छैन् । अहिले प्रदेश सभा सदस्यमा शेर बहादुर देउवा निकटका पृथ्बी बहादुर सिंह समेत रहेकाले टिकट भने अनिश्चित जस्तै भएको छ । पार्टीमा गुटबन्दी , चाकडीको राजनिती गर्न नजानेका नेता जोशीलाई यस पटक भने नेपाली कांग्रेसका सबैभन्दा बलियाँ तथा जनस्तरमा समेत कार्यकर्ताको सान्त्वना सहितको समेत पाउँने आसा गरिएको छ । अरु नेता भन्दा बलियो भुगोल समेत भएका कारण यस पटक उहाँले टिकट पाउँनु पर्ने स्थानीय कार्यकर्ताको भनाई छ । अहिले सम्म जिल्ला तथा पार्टी भित्र समेत निस्वार्थ , निस्कंलक र बिबादमा नमुछिएका लोकप्रिय तथा आर्दशवान नेता जोशी राजनितीलाई निष्ठा , ईमान र नैतिकता हो भन्ने आर्दश भन्ने बिचार राख्न अहिले सम्म छोडेका छैन् । केन्द्रमा समेत पाटिी मित्रको गुटको राजनितीमा खरो भई दुधलाई पानी र पानीलाई दुध भन्न नजानेका कारण हरेक पटक जगत प्रसाद जोशी बलिको बोका बनि रहे । उहाँको ईमान्दारिता , बौद्धिकता र निष्ठा नै उहाँका राजनिती कमजोरी बने । सातौ पटकमा सम्म पनि पार्टीले निरन्तर लागी रहेका नेता जोशीलाई अझ पनि अन्याय गरेमा पार्टी भित्र बिद्रोह हुने निश्चित छ । उहाँको घर समेत रहेको खप्तडछान्ना गाउँपालिकाका स्थानीय अहिले सम्म पनि जोशीलाई टिकट नदिएको खण्डमा बिद्रोहको धम्की दिई रहेका छन् । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यदी ईमानन्दारिता , निष्ठा र िबिवेकको राजनिती बाँचेको छ भने यस पटक जगत प्रसाद जोशीलाई न्याय गर्नुपर्ने स्थानीय कार्यकर्ताको भनाई छ । कांग्रेसको अन्यायले र जगत प्रसादको त्यो धर्यताका कारण पनि कार्यकर्ताहरुका बिचमा जोशी अझै लोकप्रिय बन्दै छन् । जगत प्रसाद जोशीको राजनितिक त्याग मात्र होईन यो पटक टिकट नदिए उहाँको राजनिती हत्या पनि हो । यही उहाँले टिकट पाउँनु भएन भने कुन कारणले उहाँले टिकट पाउनु भएन् , के कमजोरी रहे , के गर्नु पथ्यो र उहाँले गर्नु भएन् यो त जनता बझाङका नागरिक संग कांग्रेसले अबस्य जवाफ देला यदी दिएन भने काग्रेसको राजनितीले कुन मोड लिन्छ त्यो अहिले भन्न सकिने अबस्था छैन् । यत्रो ४३ बर्ष लामो सकृय राजनिती अबसान हुन्छ या कांग्रेसले न्याय गर्छ त्यो भने हेर्न बाँकी छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ