सुदूरपश्चिममा फेरी यात्रुवाहक सवारीमा ‘टाइम कार्ड’ लागु


सुदूरपश्चिममा फेरी यात्रुवाहक सवारीमा ‘टाइम कार्ड’ लागु

धनगढी –  सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटना कम गर्न ‘टाइम कार्ड’ (निश्चित समय) लागू गरिएको छ । सडक दुर्घटना कम गर्न सुदूरपश्चिम प्रदेशमा फेरि ‘टाइम कार्ड’ (निश्चित समय) लागू गरिएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार डडेल्धुरादेखि तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर जाँदा र कैलाली र कञ्चनपुरबाट डडेल्धुरा आउने सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू भएका जनाएको छ ।

डडेल्धुरादेखि अत्तरियासम्म ४ घण्टा १५ मिनेट र डडेल्धुरादेखि महेन्द्रनगरसम्म सवारी चलाउदा ५ घण्टा १५ मिनेट समय निर्धारण गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी प्रवीण धिताले बताए ।

सवारीसाधन चलाउदा डडेल्धुरादेखि बुडर सम्मको ५४ किलोमिटर दूरी पार गर्दा कम्तिमा पनि २ घण्टा लगाउनुपर्ने र बुडरदेखि अत्तरिया सम्मको ६३ किलोमिटर दुरी पार गर्दा २ घण्टा १५ मिनेट र अत्तरियादेखि महेन्द्रनगर सम्मको ४३ किलोमिटर दूरीका लागि एक घण्टा समय निर्धारण गरिएको अत्तरियाका प्रमुख एसपी प्रवीण धिताले बताए ।

त्यस्तै चाडपर्वमा हुने दुर्घटना न्यूनीकरण र चालकबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि टाइम कार्ड सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

बस, जीप लगायत यात्रुवाहक सवारी साधनमा टाइम कार्ड लागू हुने बताएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ