कार्यदलले सिट बाँडफाट प्रतिवेदन आज शीर्ष नेतालाई बुझाउने


काठमाण्डु – सत्तारुढ गठबन्धनबीच मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाट टुंगो लगाउन बनेको कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार गरेको हो ।

कार्यदलककाे बैठकपछि पत्रकारसँग बोल्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाट लगभग टुंगिएको र प्रतिवेदनलाई कार्यदलले अन्तिम रूप दिएर आज शीर्ष नेताहरूलाई बुझाउने जानकारी दिए ।

भोलि बिहान ९ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने उनले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ