सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री चौधरीलाई पदबाट हटाइयो


धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई पदबाट हटाइएको छ । उहालाई मन्त्री पदबाट हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले बताए ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका उनलाई बुधबार मुख्यमन्त्री त्रिलोचन भट्टले पदबाट हटाएका हुन् । चौधरी आज नेकपा एस त्याग गरी पुनः एमालेमा फर्कन लागेका थिए ।

चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए । पार्टीले नै चौधरीलाई पदबाट हटाउन भनेपछि हटाइएको मन्त्री रावलले जानकारी दिए  ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ