कांग्रेसको परिपत्र : उम्मेदवारको नाम सिफारिस भदौ २०, अहिलेकालाई सोही कोटामा नो इन्ट्री


काठमाण्डु – नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्नेको नाम सिफारिस गर्न मातहत कमिटीलाई परिपत्र गरेको छ ।

महामन्त्री गगन थापाले प्रदेश कार्य समिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई पत्र भदौ २० गतेसम्म उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका हुन् ।

परिपत्रमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट भदौ १६ सम्ममा जिल्ला कार्यसमिति, भदौ १८ गतेसम्म जिल्ला कार्यसमितिले प्रदेश कार्यसमिति र प्रदेश कार्य समितिले भदौ २० गतेसम्ममा केन्द्रीय कार्य समितिमा नाम सिफारिस गर्नुपर्ने भनिएको छ ।

परिपत्रमा २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकबाट निर्वाचित भएका व्यक्तिको नाम सोही कोटामा सिफारिस गर्न नपाइने उल्लेग छ । उम्मेदवारको नाम सिफारिस गर्दा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ बढीमा ३ जना र समानुपातिकतर्फ कम्तीमा एक महिलासहित २ जनाको नाम सिफारिस गर्न भनिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ