कोरोना संक्रमणबाट ३ जनाको मृत्यु


कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

काठमाडु – पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने थप ४ सय ४४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ५४ जनाको परीक्षणमा ४ सय ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

१ हजार ९ सय ९६ जनाको पीसीआर परीक्षण गर्दा २ सय ११ जना र २ हजार ९ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै आज कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १ सय ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ७ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ