देशभर थप ६३४ जनामा कोरोना हुदा १ जनाको मृत्यु


देशभर थप ६३४ जनामा कोरोना हुदा १ जनाको मृत्यु

काठमाडु –  पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २ हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४३ जना र २ हजार १ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय १७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४४ जना होम आइसोलेसनमा रहेका छन् भने १७७ जना संस्थागत आइसोलेसन र ५२ जना आईसीयूमा छन् ।

यस्तै ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४५ हजार ५ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ