आज साउनको अन्तिम सोमबार, शिवालयमा श्रद्धालुको भीड


आज साउनको अन्तिम सोमबार, शिवालयमा श्रद्धालुको भीड

धनगढी – आज साउन महिनाको अन्तिम सोमबार । मुलुकका अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको भीड लागेको छ।

साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खाली खुट्टा पैदल शिव मन्दिरलगायत देशभरका शिवालयमा जल चढाउन आएका छन्। हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।साउनका सबै सोमबार महिलाले महादेवको पूजा गर्छन्।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा,आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीले वर्षमा एकपटक साउन महिनामा घरघरमा रुद्राभिषेक पनि गर्ने गर्छन् । यस वर्ष सौरमासअनुसारको साउन महिनामा पाँच सोमबार परेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ