डडेल्धुरा अस्पतालमा १ सय ९ जनाको निःशुल्क शल्यक्रिया


डडेल्धुरा अस्पतालमा १ सय ९ जनाको निःशुल्क शल्यक्रिया 

डडेल्धुरा-  डडेल्धुरा अस्पतालमा आयोजना भएको शिविरमा १ सय ९ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । शुष्मा मेमोरियल अस्पताल काठमाडौंको प्राविधिक सहयोग, रुडुक डडेल्धुराको समन्वय र डडेल्धुरा अस्पतालको आयोजनामा भएको पाँच दिने निःशुल्क शिविरमा बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित १ सय ९ जनाको निःशुल्क शल्यक्रिया गरिएको हो । शिविरमा ३ सय ७९ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार जटिल समस्या भएका ६० जनालाई थप उपचारका लागि काठमाडौँको सुषमा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ । शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ