सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु


सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको मृत्यु

धनगढी – सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको ज्यान गएको  छ ।धनगढीस्थित प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ