चार दलले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलन गर्ने


काठमाण्डु- संसद बाहिरका चारवटा कम्युनिस्ट पार्टीहरुलेएमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलन गर्ने भएका छन् ।

मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एमसीसी, एसपीपी र आईपीएसविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।

उनीहरुका अनुसार साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाण्डुमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाण्डुमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यसपछि पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने नेकपाका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ