एसपीपी सम्झौताबारे सदनमा जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


काठमाण्डु – सभामुख अग्नि सापकोटाले संसदलाई एसपीपीबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

‘माननीयहरुले उठाउनु भएको एसपीपी सम्झौताको बारेमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको सन्दर्भमा जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देश गर्दछु,’ उनले भने ।

बिहिबार संसद बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र एमाले सांसद भीम रावलले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषद बैठकले निर्णय गरेको तर परराष्ट्र मन्त्रालयले पत्र नलेखपछि उनीहरु थप प्रश्न उठाएका हुन् ।

उनीहरुले सो कार्यक्रममा सहभागी नहुने भन्दै अमेरिकालाई पत्र लेख्न रुलिङका लागि सभामुखलाई आग्रह गरेका थिए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ