कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा, सचेतकमा मिन विश्वकर्मा


काठमाण्डु- नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतक र सचेतक तोकेको छ। बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्।

यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त थियो। त्यसैगरी पार्टीको सचेतक रहेकी पुष्पा भुसाल हालै उपसभामुखमा नियुक्त भएपछि सो पद पनि रिक्त हुन पुगेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ