प्रचण्ड र बाबुराम बीच भेटवार्ता


काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएकाे छ ।

मंगलबार संहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा प्रचण्ड र बाबुरामबीच छलफल भएकाे हाे । जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढ्दै गएपछि पछिल्लो समय भट्टराई प्रचण्डसँग संवादमा जुटेका हुन् ।

भेटपछि सञ्चाकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया राख्दै अध्यक्ष दाहालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै जारी रहने बताए । ‘गठबन्धन बनाउनेबारे अरु पार्टीसँग पनि कुरा गरौँ, भोलि-पर्सिसम्ममा एउटा टुंगोमा पुग्न सकियो भने राम्रो हुन्छ भन्ने कुरा भयो । यो गठबन्धन चुनावसम्मै जान्छ। कुरा क्लियर छ। बाबुरामजी पनि गठबन्धनमै हुनुहुन्छ। जसपाबाट अलग भएपनि गठबन्धन कुनै हालतमा छाड्दिन भन्नुभएको छ उहाँले’, उनले भने ।

यसअघि दुई नेताबीच उपराष्ट्रपति निवासमा छलफल भएको थियो । प्रचण्डले पूर्वमाओवादी नेताहरु एक ठाउँमा आउने कार्य भइरहेको अभिव्यक्ति दिँदै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ