विद्यार्थी संगठनद्धारा गभर्नर अधिकारीविरुद्ध थप आन्दोलनको घोषणा


काठमाण्डु- गभर्नर महाप्रसाद अधिकारीविरुद्ध तीन विद्यार्थी संगठनले थप आन्दोलन गर्ने भएका छन् ।

मंगलबार नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले संयुक्त विज्ञप्ति निकालेर गभर्नर अधिकारीलाई बर्खास्ती गर्नुपर्ने मागसहित थप संघर्षणका कार्यक्रम घोषणा गरेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को बर्खिलाप हुने गरी अधिकारीले दलीय आबद्धता जनाएको खुलासा भएकाले उनलाई पदबाट बर्खास्त गर्नुपर्ने उनीहरुको माग छ ।

संयुक्त विज्ञप्तिअनुसार साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुखलाई ज्ञापनपत्र बुझाउने, ४ गते राष्ट्र बैंक केन्द्रीय कार्यालयसहित देशैभरीका कार्यालयहरूमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम गर्ने, ६ गते देशैभरी क्याम्पसहरूमा आफ्नो सापेक्षतामा विरोध कार्यक्रम रहेका छन् ।

त्यस्तै साउन ७ गते संघीय संसद् सदस्यहरूलाई अवैध गभर्नर बर्खास्तीको माग गर्ने आवाज संसद्‍मा उठाउन अनुरोध गर्दै प्रदर्शनीमार्ग अगाडि सडकबाट सन्देश पठाउने कार्यक्रम विद्यार्थी संगठनहरूले तय गरेका छन् ।


ट्याग : #थप आन्दोलनको घोषणा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ