देशभर थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


काठमाडौं : देशभरमा थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा ४ हजार ६ सय ५१ जनाको परीक्षण गरेकोमा ४ सय ५७ जनामा संक्रमण भएको हो ।

यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ७७६ पुगेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ