बुढीगंगा नगरपालिकामा मेयर-उपमेयर दुवैमा एमाले विजयी


May be an image of 2 people, people standing and text

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् ।

एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् ।

यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् ।कांग्रेसकी रिता शाहीले ३७५५ मत मात्र पाइन् ।

निर्वाचन आयोगका अनुसार बुढीगंगामा नौ हजार १२८ मत खसेको थियाे ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ