एमाले बन्यो सबैभन्दा बढी उम्मेदवार खडा गर्ने पार्टी, कुन पदमा कतिले दिए उम्मेदवारी ?


काठमाडौं ।  प्रमख प्रतिपक्षी दल नेकपा एमालेले यहि ३० वैशाखमा हुने का स्थानीय तह निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवार खडा गरेको छ ।सात सय ५३ वटै स्थानीय तहका लागि केपी शर्मा ओली नेतृत्वको एमालेले ३ हजार ५ सय २३ उम्मेदवार खडा गरेर धेरै उम्मेदवार खडा गर्ने दलको रुपमा रेकर्ड पनि कायम गरेको हो ।निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ हजार ५ सय ४३ जना पुरुष मात्रै उम्मेदवार रहेका छन् भने १२ हजार ८ सय ८२ जना महिलालाई एमालेले उम्मेदवार बनाएको छ ।

देशका सात सय ५३ मध्ये १५ वटा मात्रै नगरप्रमुख र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता नगराएको एमालेले ७ सय ३८ जनालाई नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको आयोगको रेकर्डमा उल्लेख छ ।जसअनुसार २६ जना पुरुषलाई नगर उपप्रमुख बनाएको एमालेले २ सय ६० जना महिलालाई नगरप्रमुखको दावेदारको रुपमा प्रस्तुत गरेको छ । ३५ जना पुरुषलाई गाउँपालिका उपाध्यक्षमा खडा गरेको र चार सय १० जनालाई उपाध्यक्षको रुपमा मैदानमा उतारेकाे छ ।

६ हजार ५ सय २३ जना मध्ये ६ हजार ४ सय ५ वडा अध्यक्षमा पुरुषलाई उठाएको एमालेले सोही पदमा जम्मा १ सय १८ जनालाई महिला मात्रै वडा अध्यक्षको रुपमा सिमित पारेको छ ।६ हजार ४ सय ११ जना महिला, ६ हजार २ सय ९ जना दलित महिला वडा सदस्य उठाएको एमालेले १२ हजार ३ सय ५० जना पुरुष, ५ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ