नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ । बैठकमा नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । शनिबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

चीनबाट आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्नेलगायत विषयमा समझदारी भएको छ । त्यस्तै, खोप हस्तान्तरण, अरनिको राजमार्ग हस्तान्तरण तथा घाँस निर्यातलगायत समझदारीपत्रमा हस्ताक्षर भएको हो । चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । उनी आइतबार स्वदेश फर्किनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ