जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान नराखेको भए ठुलो दुर्घटना हुन्थ्यो : निर्वाचन आयोग


काठमाडौं ।  स्थानीय तहको चुनावमा जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने आचारसंहितामा निर्वाचन आयोगले स्पष्टिकरण दिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारी दुनुअघि जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधानमा आपत्ति जनाएपछि आयोगले स्पष्टिकरण दिएको हो ।

सोमबार पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा गर्नुपर्ने आचारसंहिता नराखेको भए दुर्घटना हुने बताए । कानूनमा नै मनोनयन व्यक्तले कुनै सार्वजनिक पदमा नभएको भनेर स्वघोषणा गर्नुपर्ने व्यवस्था रहेको जनाए।

‘७३ सालमा बनेको ऐनमा नै यस्तो व्यवस्था छ । हामीले यस्तो मापदण्ड नराखेको भए भोलि उजुरी पर्दा मनोनयन रद्द हुने सम्भावना थियो । धेरैजसो रद्द हुन सक्थ्यो । ठूलो दुर्घटना हुने थियो । कानूनी व्यवस्था मध्यनजर गरेर नै हामीले यो प्रावधान राखेका हौँ ।’ निर्वाचन लड्ने जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त नहुने उनको भनाइछ ।

उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन अनुसार अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षले र उपाध्यक्ष पनि नभए सदस्यलाई कार्यवाहक दिनुपर्छ । त्यसैले सम्पूर्ण पालिका रिक्त हुन्छ भन्ने कुरा गलत हो ।’ स्थानीय निर्वाचनअघि नै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रावधानको चौतर्फी विरोध भइरहेको छ । निर्वाचन आयोगले र राजपत्रमा प्रकाशित गरेको आचारसंहिताको राजनीतिक दलहरूबाटै विरोध भइरहेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ