आज साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउँदै


काठमाडौं । साउदी अरबका परराष्ट्रमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद सोमबार नेपाल आउने भएका छन् । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी आज काठमाण्डु आउन लागेका हुन् ।

साउद जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न उनी नेपाल आउन लागेको बताइएको छ । उनी चैत १ गतेसम्म नेपालमै रहनेछन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।साथै, दुई पक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री खड्काको नेतृत्वमा मन्त्रिपरिषदले प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ