श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशमा सिफारीस, कुंवरलाई मुख्य रजिष्ट्रारबाट उच्चतिर पठाईयो


काठमाडौं l न्याय परिषदले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्नको लागि सिफारिस गरेको छ ।कामु प्रधान न्यायाधीश दिपक कुमार कार्कीले बिहीबार न्यायपिरषदको बैठक राखेर श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारीस गरेका हुन् ।संविधानको धारा १२९ को उपधारा २ मा सर्वोच्च अदालतको न्यायाधीश न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

त्यसैगरी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबाबु कुँवरलाई उच्च अदालतको न्यायाधीश नियुक्त गर्न पनि सिफारिस गरिएको छ । कुंवरमाथी अदालतमा हडताल हुंदा सहयोग नगरेको भन्दै प्रतिस्रोध सांधिएको स्रोतको दावी छ ।यसअघि सर्वोच्चमा मुख्य रजिष्ट्रार रहेका नहकुल सुवेदी र नृपध्वज निरौलालाई मुख्य न्यायाधीश बनाइएको थियो । तर, कुंवरलाई भने न्यायाधीशमा मात्र सिफारिस गरिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पालामासर्वोच्चका रजिष्ट्रार रहेका राजन भट्टराईलाई पनि न्यायाधीश बनाएर पठाइएको थियो ।

न्याय परिषदको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला यहाँ काजमा रहेकाले उनको दरबन्दी भएको उच्च अदालत दिपायलमा फिर्ता गर्ने निर्णय गरेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ