एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथ, भीम रावलदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्ने


काठमाडौं ।– अमेरिकी सहायता परियोजना एमसीसी विरोधी नेताहरु संगठित हुँदै गएका छन् । एमसीसी विरोधी नेताहरु एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले शुक्रबार एकै स्टेजबाट सम्बोधन गर्ने भएका हुन् ।

एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभाको आयोजना गरेका छन् । जनसभा आयाजना गर्नेहरुमा हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायत नेताहरु रहेका छनत् ।

खुल्लामञ्चमा हुने उक्त सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने भएका हुन् । एमसीसी अनुमोदनले नेपाली राजनीतिमा नयाँ तरंग पैदा गराएको छ ।यहाँसम्मकी एमसीसी विरोधी नेताहरु एकजुट हुनुपर्ने भन्दै सहकार्यको प्रस्ताव बोकेर छलफलमा जुटेमा छन् । हिजोमात्रै विप्लव र नेकपा माओवादीका नेता श्रेष्ठबीच पार्टी एकताबारे छलफल भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ