माधव नेपाललाई कोरोना संक्रमण


काठमाडाैं  – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । मंगलबार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो।

उनी केही दिनदेखि अस्वस्थ भएर कोटेश्वरस्थित निवासमै आराम गरिरहेका थिए । समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

साथै नेकपा एसकाका उपमहासचिव डा. विजय पौडेललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी हाल निवासमै आराम गरिरहेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ