९५ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइयाे


धनगढी – भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्रले भेडाबाख्राविरुद्ध दिइने पीपीआर खोप लगाएको छ । भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र धनगढीले भेडाबाख्राविरुद्ध दिइने पीपीआर खोप लक्ष्य भन्दा बढी लगाइएको हो ।

९२ हजार तीन सय लक्ष्य रहेकोमा करिब ९५ हजार पीपीआर खोप १३ पालिकाहरुमा लगाइएको भेटेरिनरि अस्पताल तथा विज्ञ केन्द्र कैलालीका सूचना अधिकृत्त लाल बहादुर खड्काले बताए ।

पीपीआर खोप वर्षमा एकपटक लगाइन्छ । भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र धनगढीले यस वर्ष सप्ताह व्यापी कार्यक्रमगरी १३ वटा पालिकाहरुमा पीपीआर खोप सम्पन्न गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ