२० दिनभित्र संसदबाट पारित नगरे एमसिसी फिर्ता हुने अमेरिकाको संकेत


काठमाडौँ  एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौतामा कुनै संशोधन नहुने बताएकी छन् । उनले आफैले परियोजना पारित गराउनको लागि मागेको समयसीमालाई सम्मान गर्न समेत नेपालका राजनीतिक दलका नेताहरुलाई आग्रह गरेकी छन् ।

बुधबार साँझ भएको भर्चुअल अन्तक्रियामा बोल्दै एमसिसीकी उपाध्यक्ष सुमारले नेपालमा एमसिसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताइन्।उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परियोजना पारित गराउनको लागि ४–५ महिनाको समय मागेर सेप्टेम्बरको अन्तिम साता पत्र पठाएको जानकारी समेत दिइन ।प्रधानमन्त्री देउवा र दाहालले पठाएको पत्र केही दिनअघि मात्र मिडियामा सार्वजनिक भएको थियो । दाहालले यसअघि आफुले कुनै पत्र नपठाएको दावी गर्दै आएका थिए ।

‘प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले नै तय गर्नु भएको समयसीमा आगामी फ्रेबअरी २८ मा सकिँदैछ । अव समय थप्ने सम्भावना छैन । नेपालले नलिने निर्णय गरेमा हामी त्यो पैसा अन्य आवश्यक मुलुकलाई दिन्छौं।’ फतिमाले भनिन् ।

एमसीसी पारित गर्ने बारेमा सत्तारुढ दलभित्र बिबाद बढिरहेको बेला उनले तीना साताभित्र सम्झौता संसदबाट पारित गरिसक्नुपर्ने भन्दै अव धेरै कुर्न नसकिने बताईन । उनले नेताहरु सत्तामा हुंदा एमसीसीका पक्षमा हुने तर प्रतिपक्षमा हुंदा उनीहरुको टोन बदलिने गरेको समेत धारणा राखिन ।

दलहरुबीच संसदमा एमसीसी टेबल गर्ने र निर्वाचनपछी पारित गर्ने विकल्पमा समेत छलफल चलिरहेको बेला उनले भने फेब्रअरी २८ भित्र सम्झौता अनुमोदन भइसक्नुपर्ने बताईन ।

सुमारले भनिन ‘फेब्रअरी २८ भित्र छलफल गर्ने होईन, पारित नै गर्नुपर्ने हुन्छ । त्यसमा अब अर्को बहाना हामी स्वीकार्न सक्दैनौं । हरेक समय सम्झौताको समय र अर्थ हुन्छ । ’’

अमेरिकामा आगामी मार्चमा एमसीसी बोर्डको बैठक बस्दैछ। त्यस अगाडि नेपालले अनुमोदन नगरेमा उक्त बोर्ड बैठकले सम्झौता खारेज गर्ने सम्भावना छ । फतिमाले भने बोर्ड बैठकले गर्ने निर्णयबारे अहिले नै भन्न नसकिने भएपनि अरु धेरै मुलुकले एमसीसी अनुदानका लागी निवेदन दिइरहेको बताईन । त्यसैले अव नेपाललाई धेरै समय कुर्न नसक्ने उनको भनाई छ ।

एमसीसी उपाध्यक्ष फातिमा गत सेप्टेम्बरमा नेपाल भ्रमणमा आएका थिइन्। भ्रमणको दौरानमा उनले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ