माधव नेपाल र विप्लवबीच भेटवार्ता, समाजवादी मोर्चाबारे छलफल


काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । मंगलबार साँझ महासचिव विप्लवसहित प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) कोटेश्वर पुगेर अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन ।

उनीहरुबीच भेटवार्तामा समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक छलफल भएको छ । त्यस्तै पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ