मा‌ओवादी केन्द्रको निष्कर्षः तीन महिने अभियानले नयाँ आशा र उत्साह देखियाे


काठमाण्डु- नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि थालिएको ‘जनतासँग माओवादी’ तीनमहिने अभियान सफल भएको निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित पत्रकार सम्मेलनका क्रममा माओवादी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जनतासँग माओेवादी विशेष रुपान्तरण अभियान सफल भएको दाबी गरेका हुन् ।

‘तीन महिने अभियानले कार्यकर्तामा जागृति आएको छ। जनतामा आशा पलाएको छ। यो अभियानले चुनावका बेला मात्रै होइन, अरु बेला पनि माओवादी आउँदा रहेछन् भन्ने भएको छ । बनेको ठाउँका संगठन चलायमान भएका छन्। नबनेका ठाउँमा संगठन बनेका छन्। पार्टीबाट पलालयन हुने कुरा रोकिएको छ। पार्टी प्रवेशको क्रम पनि बढेको छ।’, उनले भने ।

सापकोटाले यो अभियानले जनतामा आशा र उत्साह देखिएको बताए। ‘अभियानले पार्टी एक भएको छ, नयाँ आशा र उत्साह देखिएको छ। जनता हामीतिर फर्किएका छन् । जनताका गुनासा र आशा छन् तर यसलाई निरन्तरता दिनुपर्ने माग पनि गरेका छन्।’, उनले भने ।

उनले पालिकास्तरबाटै अभियानको प्रतिवेदन लेख्ने काम भइरहेकाले सबैको आफूहरू बैठक राखेर समीक्षा गर्ने बताए । जनताले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानलाई अझ सशक्त रूपमा गम्भीरतासाथ अगाडि बढाउन सुझाव आएको माओवादीको भनाइ छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ