भारतविरुद्ध अफगानिस्तानले बनायो २७२ रन


आइसिसी एकदिवसीय विश्वकप २०२३

भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेटको आफ्नो दोस्रो खेलमा भारत र अफगानिस्तान भिडिरहेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ७२ रन बनाएको छ।

लगातार दोस्रो जितको खोजीमा रहेको भारत केहीबेरपछि दुई सय ७३ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रनेछ।

अफगानिस्तानको ब्याटिङ इनिङमा कप्तान हस्मतुल्लाह सहिदीले सर्वाधिक ८० रनको योगदान गरे। ८८ बल खेलका उनले आठ चौका र एक छक्क प्रहार गरे। यस्तै, अजमतुल्लाह ओमारजाईले ६२ रन बनाएर अफगानिस्तानलाई भारतसामु फाइटिङ टोटलका लागि योगदान दिए। उनले ६९ बलमा दुई चौका र चार छक्का प्रहार गरेका थिए।

३५ ओभरमा चौथो विकेट गुमाउनुअघि एक सय ८४ रन बनाइसकेको अफगानिस्तानले बाँकी १५ ओभरमा उल्लेख्य रन बनाउन सकेन।

भारतका स्ट्राइक बलर जसप्रित बुमराहले चार विकेट लिएपछि अफगानिस्तानको रन गतिमा लगाम लाग्यो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ