असोज १४ गतेलाई प्रदर्शन मिति तोक्दै ‘परदेशी-२’ काे टिजर सार्वजनिक


काठमाण्डु –  नारायण रायमाझी निर्देशित प्रतीक्षित चलचित्र ‘परदेशी-२’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार दिउँसो ‘रीमा इन्टरटेन्मेन्ट’ युट्युबमार्फत टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मितिसमेत तय गरेको हो । दशैंको टीकाको पाँच दिनअघि १४ असोजबाट चलचित्रले प्रदर्शन थालनी गर्ने भएको छ ।

साढे दुई मिनेटको टिजरमा चलचित्रका कलाकारहरू प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटीलगायतलाई प्रस्तुत गरिएको छ । ‘परदेशी–२’ लोकदोहोरी गायक प्रकाशको डेब्यू चलचित्र हो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ