अभिनेत्री रेखा थापाले गरिन विवाह


काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा बिवाह बन्धनमा बाँधिएकी छन् । ३८ वर्षकी रेखाले जाजरकोट निवासी बलराम शाही ठकुरीसँग बिवाह गरेकी हुन् ।

१ वर्षदेखिको चिनजानलाई दुवैले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । रेखाको यो दोस्रो विवाह हो । यसअघि उनले निर्माता छवि ओझासँग विवाह गरेकी थिइन् । तर उनको त्यो विवाह सफल हुन सकेन । १० वर्षअघि उनले छविसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।

रेखाले अदालतमा दुई हप्ताअघि कोर्ट म्यारिज गरेको पुष्टि गर्दै यो आफ्नो नितान्त व्यक्तिगत कुरा भएकाले सार्वजनिक गर्न नचाहेको बताइन् ।

‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मनमिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निणर्य गरेका हौँ । यसलाई जीवनको प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु’ रेखाले भनिन् । इजरायलमा बसोबास गर्दै आएका ४० वर्षीय बलराम पर्यटन व्यवसायी हुन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ