सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को समद्घाटन मुख्य मन्त्री कमल बहादुर शाह बाट


धनगढी। धनगढीको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को समुद्घाटन समारोह सम्पन भएको छ। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका हुन्।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन संगसंगै सफलताको शुभकामना व्यक्त गरेका छन्। उनले जनताहरुको सेवा पुर्याउने भावनाका साथ स्थापना गरिएको अस्पतालको उन्नती प्रगतीको कामना ब्यक्त गरेका छन्।

यस्तै मुख्यमन्त्री शाहले निजि क्षेत्रका स्वास्थ्य केन्द्रहरु र प्रदेश सरकार सहकार्य गरेर अघि बढ्ने बताए। राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पाउने स्वास्थ्य सेवामध्ये सुदुरपश्चिम प्रदेशमा सोचे जस्तो, भने जस्तो स्वास्थ्य सेवाबाट बञ्चित भएको बताउँदै राज्यले महत्व दिदाँ दिदै पनि राज्य त्यहाँ सम्म पुग्न नसकेको अवस्था रहेको मुख्यमन्त्री शाहले बताए।

असार २५ गते देखि १५ दिन सम्म ओ.पि.डी. जनरल सेवा लगायत अन्य सेवा निशुल्क रहेको सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का संस्थापक अध्यक्ष दिनेश राज जोशीले बताए । उनले मानिसको स्वास्थ्य स्वस्थ भयो भने मानिस सक्षम बन्ने बताए । उनले हामीले दिएका स्वास्थ्य क्षेत्रका सेवा उपचार सुविधा लिएर आफु र आफ्नो परिवार स्वस्थ राख्न आग्रह समेत गरेका छन्।कार्यक्रममा सौभ्याग्य हस्पिटल प्रा.ली.का बजार ब्यवस्थापन तथा योजना बिभागका सह संयोजक डम्बर सिँह कडायत, यस्तै सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेश बहादुर शाही लगायतहरुको उपस्थीती रहेको थियो ।


ट्रेण्डिङ