ऐतिहासक उपाधी जित्ने नेपाली चेलिहरुलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने


काठमाडौं । उज्वेकिस्तानलाई पराजित गर्दै एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

नेपालले मंगलबार भएको फाइनलमा उज्बेकिस्तामाथि ३–२ सेटले जित निकाल्दै लगातार प्रतियोगिताको उपाधि उचालेको थियो ।

लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपाली टोलीका खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख दिने निर्णय भएको हो । नेपाली टोली भोलि स्वदेश फर्कँदै छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ