माओवादी केन्द्र धनगढी उपमहानगर कमान्ड नं. १ काे समिक्षात्मक बैठक सम्पन्न


धनगढी –  नेकपा (माओवादी केन्द्र) ले जनतासंग माओवादी विषेश रूपान्तरण अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका कमान्ड नं. १ मा वडा नं. १ देखि ६ वडाहरू र ११,१३  पर्दछन् । साे समिक्षात्मक बैठकमा ८ वटै वडाका इन्चार्ज तथा वडा अध्यक्षहरूकाे उपस्थिति रहेकाे थियाे । ८ वटै वडाका वडा इन्चार्ज तथा वडा अध्यक्षहरू रिपाेर्टिङमा करिब ४०० जना पार्टी सदस्यता वितरण र २६० जनाकाे पार्टी सदस्यता नविकरण गर्ने काम सम्पन्न भएकाे जानकारी सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य नर ब. शाहले दिनुभयाे ।

साे कमानका इन्चार्ज एबम् केन्द्रिय सदस्य दिपक साउद (तरङ्ग) ले पार्टीलाइ मजबुत, सक्रिय र जीवन्त राख्न टाेल र सेल कमिटि गठन र तिनहरूकाे परिचालन र क्रियाशिलता अनिवार्यता छ । अर्काे प्रसंङ्गमा पार्टीमा भाइब्रेट कसरी ल्याइर मिसन २०८४ मा पालिकासहित कम्तिमा १० वटा वडा जित्ने केन्द्रित भइर कटिबद्ध रूपमा लाग्न  जाेड दिए।

र अब दशै र तिहारमा पनि शुभकामनाकाे माध्यामबाट याे अभियनलाइ निरन्तरता दिने र पार्टी सदस्यता नविकरणलाइ उत्साह तथा पर्वकाे  रूपमा घनिभुत लैजान कार्यकर्तालाइ निर्देशन दिए ।

No description available.



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ