एमाले कोशी अधिवेशनमा भोलि बिहान ११ बजेदेखि मतदान हुने तय


विराटनगर – नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा भोलि आईतबार बिहान मतदान हुने गरी कार्यतालिका सार्वजनिक भएको छ ।

कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता र भोलि मतदान गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचन कार्यतालिकाअनुसार आइतवार बिहान ११ बजेदेखि मतदान हुनेछ । विराटनगरमा शुक्रवारदेखि सुरू भएको अधिवेशनमा शनिवार प्रतिवेदनमाथि समूहगत छलफल गर्ने कार्यक्रम भए पनि वर्षाले प्रभावित बनेको छ ।

अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी ९९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्ने जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ